शुक्रबार, चैत १६, २०८०

प्रहरीको आत्मसम्मानमा चोट पुग्छ, खनाल जी अख्तियारमा जाने सपनामा अपहरणकारी नबन्नुस्

नेपालखोज २०७७ वैशाख १२ गते २०:१८

काठमाडौं । ‘डा सुरेन्द्र यादव अपरहणमा परे’ भन्ने सनसनी फैलियो । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो ट्वीटरबाट सन्देश प्रवाह गरेपछि नेपाली सञ्चार माध्यम तात्यो । लकडाउनका समयमा पनि सांसद अपहरण । समाचार सत्य होस् वा बनावटी । सामाजिक सञ्जाल एकै छिन्मा रङ्गिग बन्न पुग्यो । तर महत्वपूर्ण कुरा के भयो भने अपहरणकारी चानचुने मान्छै छँदै थिएनन् । यो देशका सुरक्षा अंगको प्रमुख जिम्मेवारी सम्हालेका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ थिए भनियो ।

यो नाम वा त्यो नाममा डा सुरेन्द्र यादव अपहरणमा परेको हो भने अपहरणमा संलग्न तीन जनालाई सरकारले कानूनी दायरामा ल्याउनु पर्दछ । सामाजिक सञ्जालमा केही आफ्ना कुरा राखेके कारण पूर्व सचिव भीम उपाध्यायलाई सरकारले थुनामा राख्न सक्छ भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीट अनुसार बस्नेत, श्रेष्ठ र खनाल तीनै जना यतिखेर प्रहरी खोरमा हुनु पर्ने थियो ।
यद्यपी त्यसो भएको छैन । किनकी यो देशको कानून सानालाई ऐन ठूलालाई चैन भन्ने विगतको उखान अहिलेसम्म पनि उत्तिकै बलियो देखिएको छ ।

जे होस् सांसद अपहरणमा परेका नाटक होस या साँच्चै नै यस्ता धेरै नाटकहरु बेला बेलामा रचिएका छन् । २०५४ सालमा महाराजगञ्ज स्थित तात्कालिन काठमाडौं होटलमा सांसद किनबेचमा आपूm नै संलग्न भएको र सिरानीमा पैसा राखको त्यसबेलाका महानगरप्रमुख केशव स्थापितले खुल्ला रुपमा नै भाषण गरेका थिए । यो देशका राजनीति गर्नेहरुले देश र जनताका माया होइन, पैसा र पदलाई मात्र मान्ने गरेका छन् भन्ने कुराको पुष्टि पनि हो त्यसबेला देखि अहिलेसम्म ।

तर, विडम्वना । यो देशको सुरक्षा निकायको प्रमुख भएर बसेका व्यक्ति अपहरणमा संलग्न भएको समाचार प्रकाशित हुनु लज्जास्पद भन्दा पनि अरु के हुन सक्ला र ? हो प्रहरीका त्यस्तो धेरै उच्च अधिकारी बहालवाला हुन् या पूर्व अधिकांश कुनै न कुनै राजनीतिज्ञको कठपुतली बनिरहेका छन् । त्यसको ज्वलन्त उदाहरण अहिले सर्वेन्द्र खनालले पुष्टि गरिदिएका छन् ।

देश कोरोना संक्रमणको त्राहि त्राहिमा छ । जनता घरभित्रै लकडाउनमा छन् । घरबाहिर निस्के प्रहरी लाठी बजार्छ तर त्यही प्रहरीको पूर्व हाकिम उदारो पदका लागि मान्छे अपहरणमा संलग्न भएको भनिन्छ । आज पर्यन्त प्रहरीको नियतीमाथि कुनै बेला प्रश्न नउठेको पनि होइन । प्रहरी प्रमुखहरुले आफ्नो हैसियत विर्सिएर कठपुतली बन्दा यस्ता घटनाहरु पटक पटक दोहोरिने गरेका पनिछन् जुन दोहोरिन हुँदैनथ्यो ।

प्रहरी प्रमुख सर्वेन्द्र खनाल यति तलसम्म झरेर काम गर्दछन् भन्ने कुरा सायद कसैले विश्वास गर्दनथ्यो, तर पुष्टि भयो । कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार पछि हत्यो भएको घटनाका दोषी अहिलेसम्म पक्राउ परेन । पर्न सक्थे सायद खनालले आफ्नो पदीय मर्यादा कायम गरेर कुनै अमूक व्यक्तिको कठपुतली नबनिदिएको भए ।

भ्रष्टाचारमा त कोही अपहरणमा परेका कारण नै लकडाउनमा भोक र प्यासमा जनताका सुरक्षमा खटिएका प्रहरीको आत्मसम्मानमा चोट पुगेको छ । खनालजी तपाइँ अख्तियारका आयुक्त खाने लोभमा यतिसम्मको निकृष्ट कार्य नगर्नुस् । सपना त्याग्नु् अख्तियारमा जाने । तपाई यो देशको प्रहरी प्रमुख भईसकेको मान्छे तनहुँका खनालको बेइज्यत नगर्नुस् ।

आफ्नो छातिमा हात राखेर कसम खानुस् र एक पटक सोच्नुस प्रहरीमा जागिर खाएर अहिलेसम्म कतिले कठपुतली बनाईसके ? कहिलेसम्म कठपुतली बनिरहनु हुनेछ । देशको माटोले सराप्ने तपाइँलाई देश बेच्न खोज्ने दलालीहरुको कठपुतली नाचमा नरमाउनुस् । तपाइँ कुनै हालतमा पनि अख्तियारमा आयुक्त हुनु हुने छैन । देशको सच्चा सिपाही भएर अस्कल कलेज पढ्दाको दिन स्मरण गर्नुस् अनि साँच्चै देश जोगाउनेतिर लाग्नु्स् । एउटा पदका लागि हजारौ प्रहरीको आत्मसम्मान चोट पु¥याउन छाड्नुस् ।

प्रतिक्रिया