बिहीबार, चैत १५, २०८०

कोरोनालाई जिते चितवनका युवकले

नेपालखोज २०७७ वैशाख १३ गते १४:२४

चितवन । चितवनको राप्ती नगरपालिका ८ का २७ वर्षिया युवक कोरोना भाइरस मुक्त भएका छन्। कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया