शनिबार, वैशाख १५, २०८१

जेठ २ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान वन्द

नेपालखोज २०७७ वैशाख १३ गते १४:४६

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकाल्दै जेठ २ गतेसम्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान वन्द गर्ने निर्णय गरेको छ । वैशाख १८ गतेसम्मलाई उडान वन्द रहने यस अघि नै निर्णय गरेको थियो । कोरोना संक्रमण क्रमश बढ्न थालेपछि उडान वन्द गर्ने समयावधि थप गरिएको हो ।
सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्री एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

प्रतिक्रिया