बुधबार, वैशाख १२, २०८१

ट्रेकिङका लागि विदेशी पर्यटकको भरिया आएका मजदुरको उद्धार

नेपालखोज २०७७ वैशाख १५ गते १०:५०

खाँदबारी । सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ । उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए ।

उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएकोे हो । उनीहरु विदेशी पर्यटकको सामान बोकेर बन्दाबन्दी शुरु हुनुको अघिल्लो दिन भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए । त्यहाँ छ दिन अपलत्र परेपछि भोटखोला गाउँपालिकाले अनुमति दिएर सदरमुकाम खाँदबारी पठाएको सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाका लोप्लाङ शेर्पाले जानकारी दिए । उनीहरु भोटखोलाबाट खाँदबारी आएपछि २६ दिन अन्नपूर्ण होटल, खुम्बुमा बास बसेको शेर्पाले बताए । मकालु हिमाल ट्रेकिङका लागि चैनपुरको गुफाखोखरी हुँदै आएका विदेशी पर्यटक भने सभापोखरी गाउँपालिकामा आइपुगेर रोकिएपछि आफू हटियाबाट फर्किएको शेर्पाले बताए । विदेशी पर्यटकहरु केही दिन अघि कैलाश एयरको हेलिकप्टरबाट फर्किएका थिए ।

प्रतिक्रिया