बुधबार, वैशाख १२, २०८१

खाद्य बैंक स्थापना हुने

नेपालखोज २०७७ वैशाख १५ गते १५:२८

डोटी । डोटी जिल्लामा खाद्यान्नको सङ्कट आउन नदिनका लागि नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यहाँका सबै स्थानीय तहले कोरोनाको कहरका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्षित गरी यहाँका नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चितकालीन रहेकाले खाद्यान्न अभाव हुनसक्ने अनुमान गरी स्थानीय तहले अस्थायी खाद्यान्न बैंक स्थापना गर्ने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए ।

प्रतिक्रिया