सोमबार, माघ २३, २०७९

करोडौं ठगी गर्ने भाटभटेनीलाई जम्मा तीन लाख जरिवाना

नेपालखोज २०७७ वैशाख १५ गते २१:४७

काठमाडौं । ५० करोड भन्दा बढी राजश्व छली गरेको आरोप लागेको भाटभेटेनी सुपरमार्केटको ठगी धन्दा झन् मौलाउँदै गएको छ । राजश्व छली प्रकरणमा मुछिएको भाटभटेनी सुपरमार्केटले सरकारलाई कोरोना संक्रमण रोकथान तथा न्यूनिकरण गर्नका लागि सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेकै भरमा उसले हजारौं जनतालाई ठगी गर्दै आईरहेको छ ।

बालुवाटार जग्गा माफिया मध्येका एक रहेको भाटभटेनी सुपर मार्केट सञ्चालक मिनबहादुर गुरुङ्ग लकडाउनको बेला सरकारले अन्य पसल तथा बजार बन्द गराईरहेको अवस्थामा आर्थिक चलखेल कै कारण उनीद्धार सञ्चालन गरिएका भाटभटेनी मात्र दिनभर सञ्चालन गर्ने अनुमति लिन सफल भए । जसकार कारण भाटभटेनी सुपरमार्केटले स्टक रहेका तथा म्याद गुज्रन लागेका सामानहरु उपभोक्तालाई भिडाउने मौका पाएको मात्र होइन । बढी मूल्य समेत असुली दैनिक करोडौं ठगी गर्दै आईरहेको छ ।

भाटभटेनी सुपरमार्केटले दैनिक करोडौं व्यापार गरेर चर्को मूल्यमा उपभोक्ता ठगी गरे पछि बढी मूल्य लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ ।

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भन्दै भाटभटेनीका मालिक भूमाफियाका रुपमा चिनिएका मिनबहादुरलाई स्वीकृत दिएको थियो । त्यसका लागि वातावरण मिलाउने काम भने उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए ।

मिन गुरुङ्गले रक्षा मन्त्री ईश्वर पोखरेललाई आफ्नो प्रभावपारी सुपरमार्केट खुलाउने सहयोग गर्न सर्तमा नै सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको बताइएको छ ।

जनताबाट करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका मिन बहादुर गुरुङ्गको भाटभटेनीलाई जम्मा तीन लाख जरीवाना लिएर पुग्ला । शुलभ अग्रवाललाई जस्तै कालोबजारीमा मिन बहादुरलाई किन सरकारले पक्राउ गर्न सकेन भन्ने प्रश्न उब्जिन थालेको छ ।

प्रतिक्रिया