आइतबार, वैशाख ३०, २०८१

बलिउड अभिनेता ऋषि कपूरको निधन

नेपालखोज २०७७ वैशाख १८ गते १०:५३

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको हिजो राती निधन भएको छ । ६७ वर्षीय कपूरलाई सास फेर्न समस्या भएको कारण एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो।

बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका हुन् ।

अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

प्रतिक्रिया