शुक्रबार, वैशाख १४, २०८१

कोरोनाकाबीच रक्षा होला त मजदुरको अधिकार ? के भन्छ समाजवाद ?

नेपालखोज २०७७ वैशाख १९ गते ८:५८

काठमाडौँ । मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य  हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो । आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ ।

१३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ ।

अहिले त झ्न कोरोना भाइरस ( कोभिड १९ ) ले विश्वमा महामारीको रुप लिइरहेका बेला संसारका करोडौँ मजदुरको रोजगारी गुमेको छ । लाखौँ परिवार रोजगारदाताले तलब देलान् र घरपरिवारको पालन गरौँला भन्ने आशामा बसेका छन् । तर अहिले एक मजदुरले हात मुख जोर्डन पनि हजार पटक सोचेर मानसिक याताना आफैलाई दिनु परेको छ । नेपालका मजदुरहरु अझै यसबाट बढी नै प्रभावित छन् विकसित मुलुकको तुलनामा ।

समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवान कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउँनु भएको छ ।

ढुँङ्गे युग, दास युग, पुजीँपति र समाजवादी युगबाट विभिन्न चरण पार गरी बनेको एक्काइसौं शताब्दीमा आइपुगे पनि मजदुर वर्गको हक अधिकार त कागजी रुपमा सिमित भए पनि व्यवहारमा हप्कि र धम्कीका साथ काम गर्नु पर्ने कुरा नौलो होइन । सर्व श्रेष्ठ जीव मानिसमा कुनै पनि काम गर्न अरु भन्दा आत्मिक ज्ञान हुन्छ । तर पूजीँ र बजारले घरेलु श्रमिकलाई मसिनमय बनाइदिन्छ । मानिसले दैनिक विहान १० देखि ५ बजे सम्म विश्वव्यापी प्रचलन सामान्य कारिन्दालाई थाहा नहुँदा उ बढि पेलिन्छ । उसको श्रमको वकालत कसले गर्ने ? त्यही अनुसारको पारिश्रमिक आफू भन्दा उपल्लो कारिन्दाले उपलब्ध गराउने हो भने श्रम र कार्य विभाजन अझ स्पष्ट रुपमा झल्किदो होला ।

माक्र्सले बताएका ऐतिहासिक भौतिकवादले मानिसका इच्छा, आकांक्षा, उपाय, विचार र भावनाहरुको समोचित विकास हुनुपर्नेमा जोड गरिएको छ । यसै अनुसार वस्तु र त्यसको मूल्य निर्धारण र एक काम गर्ने मानिसले त्यस बापत पाउनु पर्ने रकमको बारेमा प्रसंग कोटयाइएको छ । यदि कुनैपनि मजदुरले सामानमा लगानी भएको उसको श्रम बापत उचित रकम नपाउने हो भने उसको आधारभूत आवश्यकता कसरी परिपुर्ति होला ?

हुन त कुनै युग पैसा भन्दा सामान साटा साटमा पनि त चलेकै थियो । यसको तात्पर्य चामल जति बोरा साटियो त्यति कै वजनमा सुन साटियो भन्ने चैँ हास्यास्पद हुन आउँछ । ति दुई सामानको मूल्य फरक फरक रहेकै हो पहिले देखि । कुनै श्रम गर्दा मानिसलाई त्यो काम प्रतिको लगावले उसलाई ८ दस घण्टा एक्ल्याएको नै हुन्छ । कसैको हात खुट्टा चल्दा हुन , कोई नक्सा नाप्दा हुन, कोही गाडी चलाउँदा हुन, कोही खान्की पकाउँदा हुन, कोही मानसिक तनावमा काम गर्दा हुन । त्यो अवस्थाले समाजवादी दर्शनशास्त्री दुर्खाइमले आर्दशवादी विहिन भनेका छन् । उनको जीवन समयमा कारखानामा विदेशमा गएका मजदुरहरु पारिवारीक एक्लोपन, अधिक परिश्रम र मानविय संवेदना अचेत हुने हुँदा अनाहकमा जीवन समापन पनि गर्ने गरेको उनको लेखमा भेट्टाइन्छ । अझ दुर्खाइमले समाजमा सम्पूर्ण मानिसको श्रम प्रति विभाजनको सिमा रेखा कोरीन आवश्यक छ भनेर किटान गरेका छन् ।

यसरी श्रम विभाजनले मानिसले समाज बुझछ र सामाजिक रुपमा उ उत्तरदायी पनि हुन्छ भनेका छन् । सामाजिक उत्तरदायीत्वलाई पारिवारिक माहोल, साथि सँगी र आफनो काममा प्रयोग हुने अरु साथिहरु बीचमा भावना र श्रम साटासाट हुने उनको तर्क छ बीचमा भावना र श्रम साटासाट हुने उनको तर्क छ ।

माक्र्स,दुर्खाइमले भनेका सबै दार्शनिक चरित्रण समाजको श्रम प्रतिको ऐना होइन र आज मजदुर दिवस मनाइरहँदा मानिसको श्रम प्रतिको लगाव, उसको पारिश्रमिक, उसको शारिरीक स्वास्थ्य र मानसिकता अब्बल रह्यो भने मात्र एउटा समाज समाजवादमा कल्पना गरेको सुन्दर समाज होला ।

-शिवशंकर न्यौपाने (लेखक आरआर क्याम्पसका स्ववियू सह-सचिव हुन्।)

प्रतिक्रिया