बिहीबार, वैशाख १३, २०८१

लघु घरेलु उद्योग सञ्चालनका अनुमति माग

नेपालखोज २०७७ वैशाख २० गते १३:४९

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना संक्रमणका कारण मुलुक लकडाउनको अवस्था रहेको छ । यसले विश्वका २ सय १० भन्दा बढी मुलुकहरुलाई नराम्रोसंग प्रभाबित बनाएको छ ।

आजका दिनसम्म पनि कोरोना भाईरस पूर्ण रुपमा नियन्त्रणमा नआईसकेको मात्र होइन यसको औषधी समेत पत्ता लाग्न सकेको छैन ।
यसले साना उद्यमीहरुलाई संकटमा पारेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टराई भेटी लघु घरेलु उद्योग सञ्चालनका लागि अनुमति दिन आग्रह गरेका छन् ।

मन्त्री भट्टलाई भेटी महासंघले ज्ञापन पत्र बुझाउँदै उद्योग सञ्चालन अनुमतिका लागि ध्यानाकर्षण समेत गराएका छन् । मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘ग्रील उद्योगी र अन्य लघु घरेलु तथा साना उधोगीहरु धेरै रोजगारी दिने अधिकाशं स्वरोजगार र परिवारबाट सञ्चालन भएको स्थानिय स्तरमै पाईने कच्चा पदार्थहरु प्रयोग गरि उधोग सञ्चलन हुन सक्ने हुंदा ं त्यस्ता उद्योगहरु क्रमश सञ्चालन गर्दै जाँदा रोजगारी श्रृजना हुने अत्यावश्यक बस्तुहरु उत्पादन भई आपुर्तिमा सहजता आउने हुनाले त्यस्ता उधोगहरु क्रमश सञ्चालन गर्न ब्यवस्था मिलाउन हार्दिक आग्रह गर्दछौं साथै लकडाउनका कारण उधोगहरु बन्द हुदा आर्थिक कारोबार बन्द भएको कर्मचारीको तलब भुक्तानी, घरभाडा, बिधुतको न्युनतम शुल्क, बैक तथा बित्तिय संस्थाको किस्ता र ब्याज ,सरकारी राजस्व बुझाउने लगायतका निमती पुजींको अभाव हुने भएको र साना उधमीहरुले यथेष्ट मात्रामा कच्चा पदार्थ संचित गरी राख्न नसक्ने हुनाले उधोग ब्यवसाय सुचारुरुपले सञ्चालन गर्न सहुलियत दर ब्याजमा पुर्नकर्जा तथा ब्यवसायीक कर्जा उपलब्ध गराउन र लकडाउन अवधिमा बैक तथा बित्तिय संस्थालाई बुझाउनु पर्ने सावा ब्याज बापतको रकम लकडाउन खुलेको ६ महिना भित्र बुझाउने ब्यवस्था मिलाउन समेत आग्रह गर्दछौं’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया