बिहीबार, चैत १५, २०८०

८० हजारलाई महानगरको राहत, वडा नं. ११ द्धारा शनिबार १२ लाख बराबरको खाद्य सामग्री वितरण

नेपालखोज २०७७ वैशाख २० गते १६:५४

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले लकडाउनका समयमा विपनन परिवारका लागि खाद्य समस्या नपरोस् भन्नका लागि दोश्रो चरण अन्तर्गत १२ लाखको राहत वितरण गरेको छ ।

आफू मातहतका ३२ वटै वडाहरु मार्फत् आन्तरीक तथा बाह्य स्रोतबाट दैनिक उपभोग्य सामाग्री समेटि कम्बो प्याकेज बनाई राहत सामाग्री वितरण गरिरहेको महानगरपालिकाको वडा नं. १२ ले १२ लाख बराबरको राहत वितरण गरेको वडा अध्यक्ष हिरालाल तण्डुकारले बताएका छन् । महानगरपालिकाले पहिलो चरणमा ८० हजार व्यक्तिलाई राहत वितरण गरेको काठमार्डौ महानगरपालिका प्रशानस विभागका प्रमुख नमराज ढकालले जानकारी दिएका छन् ।

यस अघि पहिलो चरणमा वडा नं. ११ ले ९ सय १३ जनालाई राहत साम्रगी वितरण गरिसकेको छ भने दोस्रो चरणको राहत सामाग्री वितरण कार्य शनिबारबाट सुरु गरिसकेको छ ।

दोश्रो चरणको राहत स्वरुप वडा कार्यालयले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत सामाग्री वितरण गरेको छ । शनिबार र आईतबार दोस्रो चरणको राहत वितरण गर्ने वडा कार्यालय सचिव रामप्रसाद पौडेले जानकारी दिएका छन् ।
लकडाउनका कारण धेरै क्षेत्रहरु बन्द भएकाले अधिकासं मानिसहरुले रोजगारी गुमाएका छन् । अझ दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु, असहाय र अति विपन्न वर्गका मानिसहरु मारमा परेका छन् । महानगरपालिकाले उपलब्ध गराएको राहत सामाग्री गुणस्तरयुक्त भएको र राहत सामाग्रीले आफुलाई धेरै सहज भएको सर्वसाधारणको भनाई रहेको छ ।

पहिलो चरणमा महानगरपालिकाको वडा ११ ले आन्तरिक तथा बाह्य स्रोतबाट १५ सय ९ जनालाई राहत सामाग्री उपलब्ध गराईसकेको छ भने पहिलो चरणमा करिब १२ लाख रुपैंयाको राहत सामाग्री वितरण गरेको वडाले जनाएको छ ।

प्रतिक्रिया