बिहीबार, चैत १५, २०८०

बैशाख २६ गतेदेखि लकडाउन खुकुलो हुने संकेत (सम्भावित योजना सहित)

नेपालखोज २०७७ वैशाख २१ गते १९:४५

काठमाडौं । करीव ४५ दिन लामो लकडाउनको अवधिपछि शहरी क्षेत्रमा लकडाउनको नियमलाई केही खुकुलो पारिने संकेत देखिएको छ । राजनीतिक दलहरुले सरकारलाई गरेको आग्रह तथा व्यवसायीहरुले केही मन्त्रीहरुलाई भेटेर दिएको सुझाव अनुसार नेपाल सरकारले पनि भारत सरकारले गरे जस्तै लकडाउनलाई खुकुलो बनाउन लागेको श्रोतले बताएको छ ।

भारतले लकडाउन गरे लगतै सोही अनुरुप नेपालले पनि लकडाउन शुरु गरेको थियो । पछिल्लो समयमा कोभिड १९ कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले छिमेकी देशले गरेका नीतिहरुलाई नै केही हदसम्म अवलम्वन गरेको देखिन्छ ।

सोही अनुरुप भारत सरकारले लकडाउनको नियमलाई दुईदिन अघि देखि लकडाउनलाई केही खुकुलो गरी दुई साता लकडाउन गरे जस्तै नेपाल सरकारले पनि सोही नीति अवलम्वगन गर्ने तयारी गरिरहेको बताइएको छ । सम्भवत ः आगामी बैशाख २५ गतेसम्मका लागि तोकिएको लकडाउनलाई पुन केही समय थप गर्दै केही खुकुलो गर्ने संकेत भने देखिएकोा छ । त्यसका लागि भारत सरकारले जस्तै नेपाल सरकारले पनि रातो, पहेंलो र हरियो गरी तीन क्षेत्रमा बर्गिकरण गरी सोही आधारमा लकडाउनलाई सहज गर्ने नीतितय गर्न लागेको सरकारी श्रोतले जनाएको छ ।

श्रोतका अनुसार यी तिनै क्षेत्रमा सम्पूर्ण यातायात बन्द गर्ने छ भने अत्यावश्यक सेवाका सवारी साधनहरुलाई अहिले जस्तै सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । त्यस्तै १० वर्षभन्दा तल र ६५ माथिका सम्पूर्ण व्यक्तिलाई घरबाहिर आवत जावतमा रोक लगाउने भनिएको छ । सरकारले मन्दिर, मस्जिद, चर्च र जमघट हुने धार्मिक स्थलहरुमा आवात जावत रोक लगाउने, अन्तरप्रदेश सडक सञ्चालन एवं हवाई यात्रा, शिक्षा सेवा, होटल, सिनेमा,मल रेष्टुरेष्ट खेलकुद स्थलहरु समेत पूर्ण रुपमा वन्द गर्ने योजना बनाईरहेको बताइएको छ ।

प्रतिक्रिया