शुक्रबार, वैशाख ७, २०८१

क्वारेन्टाइनको बसाइँ पूरा गरेकालाई घर पठाइँदै

नेपालखोज २०७७ वैशाख २२ गते १३:०४

कैलाली । कोरोना भाइरसको समस्या उत्पन्न भएसँगै सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिलाई पछिल्ला दिनमा होम क्वारेन्टाइनमा बस्नुपर्ने गरी धमाधम घर पठाउन थालिएको छ । शङ्कास्पद व्यक्तिको नमूनाको जाँचको नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई घर फिर्ता पठाउने गरिएको हो ।

सङ्कलित नमूनाको नजिता ढिलो आउँदा भने कतिपयले १४ दिनभन्दा बढी समय पनि क्वारेन्टाइनमा बस्नुपरेको जनाइएको छ । क्वारेन्टाइनको अवधि पूरा गरिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने गरिएको हो ।

सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनको अवधि पूरा गरेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी ९¥यापिड डाइग्नोसिस टेष्ट० परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको छ ।

आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी सम्बन्धित व्यक्तिको नमूनाको थप जाँच गर्ने गरिएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई स्थानीय तहहरुले खानाको व्यवस्थापन गर्दै आएको छ । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले क्वारेन्टाइनमा बसेकाहरुलाई गाउँपालिका आफँैले खानाको व्यवस्थापन गरेको बताए।

प्रतिक्रिया