नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिए ,नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो
नेपालखोज
२०७७ वैशाख २३ गते ८:००
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालगञ्जमा थप सात संक्रमित भेटिए सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको छ ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
सम्बन्धित

प्रतिक्रिया