भारतमा रहेका नेपालीलाई यथास्थानमै बस्न दूतावासको आग्रह

नेपालखोज २०७७ वैशाख २३ गते १६:२७

काडमाडौं । भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ । जुनसुकै उद्येश्यले भारत गएको भए पनि यस्तो सङ्क्रमणको बेला यथास्थानमा बस्न दूतावासले आग्रह गरेको हो ।

सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागेर नेपाल फर्कने प्रयास नगर्न पनि दूतावासले सचेत गराएको छ । भारतमा रहेका नेपालीहरुको अवस्थाबारे जानकार भएको भन्दै दूतावासले समाधानका उपायहरु अपनाइरहेको जनाएको छ ।

प्रतिक्रिया