नेपाली श्रमिकलाई विवरण भर्न दूतावासको आग्रह
नेपालखोज
२०७७ वैशाख २३ गते १६:४७
काठमाण्डौं । मलेसियामा रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न दुतावासले आग्रह गरेको छ । विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।
दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । त्यसमा दिइएका सबै विवरणहरु नछुटाएर भर्न र अन्तिममा सबमिट बटनमा थिच्न दूतावासको अनुरोध छ ।
यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ । जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
यस विवरणले अवैधानिक भएकाहरुको तथ्यांक बुझ्न पनि सहयोग मिल्ने दूतावासले जनाएको छ । विवरण भर्न यसमा क्लिक गर्नुहोस ।
सम्बन्धित

प्रतिक्रिया