लकडाउन लम्ब्याउनु पर्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ । यद्यपि कति बढाउने भन्ने टुङ्गो लागिसकेको छैन । भोलि बस्ने मन्त्रिपरिषद् बैठकले नै यसबारे निर्णय लिनेछ ।
प्रधानमन्त्री सहितको छलफलमा अहिलेको अवस्थामा लकडाउन लम्ब्याउनुको विकल्प नरहेको निष्कर्ष निकालिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
लकडाउनका सन्दर्भमा केही निर्णय गर्न बाँकी रहेको र भोलि क्याबिनेटले निर्णय गर्ने ज्ञवालीले बताए । मुलुक कोरोना सङ्क्रमणको उच्च जोखिममै रहेको निष्कर्ष निकालिएको ज्ञवालीको भनाइ छ ।
जोखिमको अवस्था सबै जिल्लामा एकनासको नरहेकाले के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । फरकफरक ठाउँका हकमा फरकफरक विचार बनाउन सकिएता पनि त्यसको आधार परीक्षण नै भएकाले दायरा अझै बढाउनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ ।
प्रतिक्रिया