कोभिड १९ को विरुद्धको भ्याक्सिन उत्पादन गरेको इजरायलको दावी

नेपालखोज २०७७ वैशाख २३ गते २२:२१

काठमाडौं । कोभिड –१९ कोराना भाईरस विरुद्धको औषधी पत्ता लगाएको इजरालका रक्षा मन्त्री नाफताली बेन्नेटेले दावी गरेका छन् । इजरायल इन्स्टिच्यूट फर वायोलोजिकल रिसर्चको ल्याव निरिक्षण गदै रक्षा मन्त्री नाफतालीले सो धारणा सार्वजनिक गरेका हुन् ।

उनले बैज्ञानिकहरुले पत्ता लगाएको भ्याक्सिनको विकासका लागि लागिरहेको र यसलाई ठूलो मात्रामा उत्पादन गरिने समेत बताएका छन् । प्रधानमन्त्री मातहतमा रहेको रक्षा मन्त्रालयले विज्ञप्ति नै प्रकाशन गरेर कोरानो विरुद्धको ‘एण्डिबढी भ्यासिन’ विकास गरेको सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री कार्यालयकौ म्याडेड अनुसार भ्याक्सिनको विकास सम्पन्न गरिएको दावी गरिएको छ । इन्स्टिच्यूट फर वायोलोजिकल रिसर्चले दोश्रो चरणको काम सम्पन्न गरी अन्तर्राष्ट्रिय कम्पनीहरु मार्फत व्यवसायिक रुपमा लैजाने दावी समेत गरेको छ ।

प्रतिक्रिया