कम्प्युटर चोरी
नेपालखोज
२०७७ वैशाख २४ गते १३:१९
दैलेख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ । प्रहरीले दोषी खोजिरहेको जनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको चोरी भएको बताए । अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया