लकडाउन थप १० दिन लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय
नेपालखोज
२०७७ वैशाख २४ गते १३:४४
काठमाडौं । गत चैत्र ११ गतेदेखि देशैभर घोषणा गरेको लकडाउनको समयावधि भोली सकिदै गर्दा सरकारले आज लकडाउनको समयावधि थप १० दिन थप्ने निर्णय गरेको छ ।
बुधबार आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
मंगलबार हिजो बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो । सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबार भोलीबाट सकिँदै थियो ।
चैत ११ गतेबाट सुरु भएको लकडाउनको समयावधि बिहीबार भोली ४५ दिन पूरा हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया