शनिबार, असोज २६, २०८१

नेकपा सचिवालय बैठक जारी

नेपालखोज २०७७ वैशाख २४ गते १६:२६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी सचिवालय बैठक बसिरहेको जानकारी दिए ।

गत शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक आह्वान गर्ने र त्यसका अघिल्ला दिन(२४ गते) सचिबालय बैठक बस्ने निर्णय गरेको थियो ।

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने र यसको तयारीका लागि सचिवालयको बैठक २४ गते बस्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै २० जना स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए । उक्त माग बमोजिम सचिबालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया