वीरगञ्जमा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो
नेपालखोज
२०७७ वैशाख २४ गते १६:३३
काठमाडौं । वीरगञ्जमा एकैदिन आज १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार आज प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन् ।
वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।
डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।
सम्बन्धित
प्रतिक्रिया