शुक्रबार, वैशाख १४, २०८१

प्रदेश १ सरकारद्वारा ‘थ्री टी’ को अवधारणा

नेपालखोज २०७७ वैशाख २७ गते ९:५९

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारणा अघि सारेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताए । प्रदेश १ मा ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ अर्थात खोजी, जाँच र परीक्षण को अवधारणका साथ काम गरिरहेको उनले बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङ टिम गठन भएको छ । जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा परिक्षण टिम गठन भएको छ ।

कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतृत्वमा ट्रिटमेन्ट गर्ने टिम गठन भएको छ । तीन वटै समूहले निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया