शनिबार, असोज २६, २०८१

आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गरिने

नेपालखोज २०७७ वैशाख २८ गते १३:२३

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटबाट आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गरिने बताए ।

सोहीअनुसार हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवर्द्धनका योजना ल्याउन लागेको उनको भनाइ छ । ‘नेपाल भ्रमण वर्ष–२०२० स्थगित भइसकेको अवस्थामा अब कोरोना पछिको पर्यटनलाई पुनरुद्धार गर्ने योजनासहित भ्रमण दशक घोषणा हुने उनले बताए ।

सन् २०२० मा ‘सर्भाइभ’, २०२१ मा ‘रिभाइभ’को योजना अनुसार जाने र २०२२ मा पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सकिने गरी नीति तथा कार्यक्रम र बजेट आउने जानकारी दिए ।

यसैविच सरकारले सन् २०११ को पर्यटन वर्षबाटै शुरु गरेको कर्मचारीका लागि पर्यटन विदाको अवधारणालाई निरन्तरता दिन आगामी आर्थिक वर्ष २०७७÷०७८ मा समेत पर्यटन बिदालाई बजेटमा समावेश गरिने भएको छ ।

यसबाट करिव २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने पर्यटनमन्त्री भट्टराईको अपेक्षा छ ।

प्रतिक्रिया