बिहीबार, वैशाख १३, २०८१

दुई परिवारबीच झडप हुँदा १ जनाको मृत्यु

नेपालखोज २०७७ जेठ १ गते १५:२७

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ गुलरी गाउँमा दुई परिवारबीच भएको विवादपछि झडप हुँदा एक जनाको ज्यान गएको छ । खेतमा डल्लप (गाडा) लिएर गएको विषयमा शुरुमा दुई परिवारबीच गत बिहीबार विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि झडप हुँदा घाइते भएका २८ वर्षीय ओमप्रकाश यादवको गए राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

घटनामा संलग्न भएको अरोपमा गुलरीका करीब ७० वर्षीय दुलारे अहिर र ४५ वर्षीय बलिकरण यादवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खरेलले बताए। गाउँ नजीकैका खेतमा गाडा लगेका विषयमा सामान्य विवादपछि यादव परिवारबीच झगडा भएको शिवराज– ४ का वडाध्यक्ष सफिक अहम्मद मुसलमानले जानकारी दिए। घटनामा ६ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया