बिहीबार, वैशाख १३, २०८१

किन रोकिए पूर्व राजा झापामा ? पास किन रद्द ?

नेपालखोज २०७७ जेठ २ गते ९:०१

काठमाडौं । विश्व यतिखेर कोरोना संक्रमणका कारण त्रासमा छ । नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमण निकै नै बढ्न थालेपछि नेपाल सरकारले लकडाउन जारी राखेको छ । लकडाउन भनेको घरभित्रै बस्नु भनेको हो ।

तर अत्यावश्यक काममका लागि सरकारले तोकेको नियमानुसार पास लिएर आफ्नो गन्तव्यमा पुग्नको लागि सहजीकरण गर्ने काम जिल्ला प्रशासनले गर्ने हो । यद्यपी पछिल्लो समयमा उपत्यका बाहिरबाट काठमाडौं आउनेहरुमा संक्रमण देखा परेपछि जेठ १ गतेदेखि लागू हुने गरी सरकारले पासमा समेत कडाई गरेको छ ।

तर पासमा कडाई कसलाई गरेको छ भन्ने प्रश्न चिन्ह पनि उब्जिएको छ । सरकारमा बस्नेहरुको आसेपासेहरुसँग प्रशस्त पास छन् र तीनका सवारी सहज रुपमा आवत जावत गरिरहेको दृश्य थानकोट पुगेर हेर्ने हो भने स्पष्ट हुन्छ । थानकोटमा नुवाकोटका नेकपाा प्रदेश सांसदको दादागिरी अहिल सामाजिक सञ्जालमा भाईरल नै भएको छ ।

तर अहिले चर्चाको विषय बनेको छ लकडाउनका कारण झापामा अड्किएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहको पास रद्दको विषय । चैतको पहिलो साता झापा पुगेका पूर्व राजा शाह लकडाउनका कारण उतै बसे । लकडाउनको समय लम्विँदै गएपछि उनी काठमाडौं आउन पाएका छैनन् । काठमाडौं आउनका लागि उनको सचिवालयले जिल्ला प्रशासन कार्यालय मार्फत पास पनि लिए । तैपनि उनी काठमाडौं आउन नपाउने भएका छन् ।

शुक्रबार काठमाडौं आउनका लागि पास लिएर सवै तयारी गरिरहेका पूर्व राजाको सवारी पास रद्द गरियो । जसले उनलाई झापामा नै बस्नु पर्ने वाध्यता बनाईदिएको छ । लकडाउनको अवस्थामा झापामा रहेका पूर्व राजा शाहले काठमाडौं आउन खोजिरहेका बेला पूर्व राष्ट्र प्रमुखका हैसियतले सुरक्षाका साथ सरकारले सहजीकरण गर्नु पर्ने थियो तर त्यसो गरेन बरु लकडाउनको बहानामा उतै लडकाउने काम गरेको छ ।

समाचार तयार पार्दासम्मको अवस्थामा पूर्व राजालाई सवारी पास उपलब्ध गराउने कुनै पनि सोच देखिएको छैन । यसले सरकारका उच्च अधिकारीहरु कतिसम्मको अन्याय गरिरहेका छन् भन्ने कुरा स्पष्ट । देखिएको छ ।

आज शुक्रबार नै संसदको हिउँदे अधिवशेन शुरु हुँदै छ त्यसका लागि जिल्ला जिल्लामा रहेको सांसदहरु विहानदेखि थानकोट नाका, फर्पिङ, धुलिखेल नाका हुँदै काठमाडौं भित्रिरहेका छन् सवैलाई सुरक्षा निकायले सहजीकरण पनि गरिरहेको छ । उनीहरुले पास पाईरहेका छन तर पूर्वराजाले पास नपाउनु पर्ने कारण के हो त ?

पूर्व राजालाई नागरिकको हैसियत बनाउने सत्ताका कुठपुतलीहरु पूर्व राजा मात्र होइन पूर्व राष्ट्र प्रमुखका हैसियतले सहजीकरण गर्नु पर्ने थियो कि थिएन । पास रोक्नु भनेको सत्ताको धङ्धङती र जनताबाट त्रसित भएका सत्ता सञ्चालकहरु अझै पनि पूर्व राजा ज्ञानेन्द्र शाहबाट त्रसित छन् भन्ने कुराको पुष्टि पास रद्दले देखाएको छ ।

प्रतिक्रिया