शनिबार, वैशाख ८, २०८१

गो र गो प्लस कार लन्च, यस्ता छन् विशेषता

नेपालखोज २०७७ जेठ २ गते १५:०८

काठमाडौँ । ड्याटसन इन्डियाले भारतीय बजारमा नयाँ बीएस ६ एमिसन नर्म्स सहित गो र गो प्लस कार लन्च गरेको छ ।

नयाँ ड्याटसन गो र गो प्लसमा १।२ लिटर पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ७७ पीएसको पावर र १०४ एनएमको टर्क उत्पन्न गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र सीभीटी दुबै ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ ।

नयाँ गो र गो प्लसको साथमा ड्याटसन इन्डियाले सजिलो वित्तीय स्किम पनि ल्याएको छ । जसमा ग्राहकले आफ्नो रोजाइ अनुसार ईएमआई छनौट गर्न सकिन्छ र यसका लागि कम्पनीले ’बाई नाउ एन्ड पे इन २०२१’ योजना पनि लन्च गरेको छ ।

निसान मोटर इन्डियाका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवले लन्चको क्रममा भनेका थिए, ‘नयाँ ड्याटसन गो र गो प्लसको साथ हामी भारतमा हाम्रा उच्च गुणका उत्पादनहरु पेश गर्दैछौं । यो भविष्यका लागि पनि तयार पनि हो । यो जापानी टेक्नोलोजीबाट पनि निर्मित छ ।’ दुबै कार बीएस ६ मानकले सुसज्जित छन् र भारतमा सबैभन्दा सस्तो सीभीटी विकल्पको साथ उपलब्ध रहेको छ ।

स्लिक र बोल्ड लुकको साथमा दुबै मोडलमा डायमन्ड कट आर १४ अलोय ह्विलको साथमा उपलब्ध रहेको छ । साथै कम्पनीले यसमा १८० एमएमको बेस्ट इन क्लास ग्राउन्ड क्लियरेन्स पनि दिएको छ । यसमा स्मुथ गियर सिफ्टर, सुपेरियर हिल ड्राइभिङ एक्सपेरियन्स र कन्ट्रोल, लो इन्जिन न्वाइज र एक्सिलेरेटिङको समावेशमा कुनै प्रकारको समस्या रहेको छैन ।

दुबै कारमा बेस्ट इन क्लास सेफ्टी फिचर जस्तै भेइकल डायनामिक कन्ट्रोल, ड्युअल फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, रिभर्स पार्किङ असिस्ट समावेश रहेको छ । यसको साथै यसमा ७ इन्चको स्मार्ट टचस्क्रिनको साथमा एन्ड्रोयड अटो र एप्पल कारप्ले कनेक्टिभिटी समावेश गरेको छ । नयाँ ड्याटसन गो र गो प्लसमा कम्पनीले स्पोर्ट मोड पनि दिएको छ ।

नयाँ ड्याटसन गो ५ सिटर गाडी हो र यसको सुरुवाती मूल्य ३ लाख ९९ हजार भारु रहेको छ । ड्याटसन गो प्लस ७ सिटर गाडी हो र यसको सुरुवाती मूल्य ४ लाख १९ हजार भारु रहेको छ ।

प्रतिक्रिया