कृषि क्षेत्रमा सरकारको यस्तो नीति
नेपालखोज
२०७७ जेठ २ गते १७:३५
टंककला तिमिल्सेना,
काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा विशेष रुपले समेटेको छ । संसद्को संयुक्त बैठकमा प्रस्तुत भैरहेको सरकारको आगामि वर्षको नीति तथा कार्यक्रममा अर्गानिक कृषिको विकास, विस्तारमा जोड दिने नीतिलाई समेटिएको छ । सो अनुसार सरकारले अर्गानिक कृषि क्षेत्रमा प्रोत्सान गर्ने भएको छ । कृषि योग्य जमिनको नियमित जाँच गरिने सरकारको नीति छ । कृषि क्षेत्रकालागि विशेष प्रयोगशालाको व्यवस्था गरिने, कृषककोे बचतलाई सुनिश्चित गरिने सरकारको नीतिमा छ । यस्तै, उत्पादनको बजारलाई आवश्यकता अनुरुप थप विस्तार गरिने छ । पशुजन्य उत्पादनको गुणस्तर कायम गरिने छ । पशुबाट सर्ने रोगको निदान गर्न प्रयोगशालासहितका थप कार्य गरिने छ ।
यसैगरी बाँझो खेतलाई करारमा खेति गर्न दिने कार्यलाई प्रत्साहन गर्ने नीति छ ।
सम्बन्धित
प्रतिक्रिया