शनिबार, वैशाख ८, २०८१

अग्रपंक्तिका पत्रकारलाई सुरक्षित बनाउन प्रेस ज्याकेट

नेपालखोज २०७७ जेठ ३ गते ११:११

काठमाण्डौ । नेपाल पत्रकार मन्चले कोरना भाइरसको महामारी बढिरहेको बेला आफ्ना सदस्यहरुलाइ प्रेस ज्याकेट माक्स पन्जा लगायतका सुरक्षा सामाग्री बितरण गरेको छ।

यसै बिच नेपाल मोबाइल वितरण संघले कोरोना भाइरस ९कोभिड–१९० का बारेमा सचेतना अभिबृद्धि गर्ने कार्यमा अग्रपंक्तिमा क्रियाशील सञ्चारकर्मीहरुको निम्ति आवश्यक पर्ने प्रेस ज्याकेट नेपाल पत्रकार मञ्चलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष दिनेश चुल्याद्योका तर्फबाट मञ्चका कार्यसमिति सदस्य जेन श्रेष्ठ मार्फत पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई ५० थान ज्याकेट हस्तान्तरण गरेका छन । मन्चको कार्यलयमा सो ज्याकेट हस्तान्तरण गरिएको थियो

हस्तान्तरण गरिएको उक्त ज्याकेट नेपालका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुलाई वितरण गरिएको छ ।

यस्तै नेपाल पत्रकार मञ्चकी सदस्य भद्रा भण्डारीले मन्चको पहलमा आबश्यक पत्रकारहरुका निम्ति व्यक्तिगत सुरक्षा सामग्री(९पिपिइ) वितरण गर्नुभएको छ ।भण्डारी ले विभिन्न सङ्सस्था हरुलाइ माक्स पन्जा पिपिइ बितरण गर्दै आइरहनु भएको छ।

प्रतिक्रिया