शुक्रबार, वैशाख ७, २०८१

सुत्केरी महिलाको कोरोना भाईरसबाट मृत्यु भएको पुष्टि

नेपालखोज २०७७ जेठ ३ गते २१:३९

काठमाडौं । कोरोनाको संक्रमणबाट नेपालमा नौ दिने सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति मार्फत सिन्धुपाल्चोक बाह्रविसेकी २९ बर्षिय महिलाको कोभिड १९ बाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

नौ दिन अघिमात्र शिक्षण अस्पतालमा साधारण अवस्थामा नै सुत्केरी भएकी उनी र बच्चा दुवै स्वस्थ भएका कारण २५ गते डिस्चार्ज भएर घर फर्केकी थिइन ।

सुत्केरी ती महिला घर पुग्ने वित्तिकै ज्वरो र खोकी लाग्नुका साथै श्वास प्रश्वासमा समस्या आएपश्चात बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजादै गर्दा बाटोमा नै उनको निधन भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको भन्दै धुलिखेल अस्पतालले पिसिआर परीक्षण गर्न पठाएको थियो । परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्तिका रुपमा सुत्केरी महिला परेकी छिन् ।

प्रतिक्रिया