काठमाडौँ उपत्यकाका यी १० ठाउँ सिल
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि उपत्यकाका १० ठाउँमा सिल गरिएको छ। कोरोना भाइरस फैलिन नदिन ती ठाउँ सिल गरिएको हो।
काठमाडौँको कपनस्थित तेन्जिङ चोक (राधाकृष्ण मन्दिर क्षेत्र, महाराजगञ्ज शिक्षण अस्पतालको प्रसूति विभाग, शिक्षण अस्पतालकै स्नायु रोग विभाग, चन्द्रागिरि नगरपालिका, बालाजु चोक, कालिमाटी– १३ आसपासको तीन सय मिटर क्षेत्र सिल गरिएको हो।
ललितपुरमा पुल्चोक निदान अस्पताल तथा भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी क्षेत्र सिल गरिएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विश्वराज पोखरेलले पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमित भेटिएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउन यी ठाउँहरूमा सिल गरिएको जानकारी दिए।
उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक कामबाहेक आवजावतमा पूर्ण रुपमा रोक लगाएका छन्।
प्रतिक्रिया