शनिबार, वैशाख १५, २०८१

कोरोना बीमा बिक्री गर्न रोक

नेपालखोज २०७७ जेठ ५ गते १५:४१

काठमाडौं । जीवन बीमा कम्पनीले कोरोना बीमा बिक्री गर्न थालेपछि बीमा समितिले बिक्रीमा रोक लगाएको छ ।

जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमा कम्पनी सँग टाइअप गरेर आफ्ना बीमितलाई यस्तो पोलिसी खरिद गराउन थालेपछि रोक लगाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमा पोलिसी खरिद गरेबापत कोरोना बीमा सित्तैमा भन्दै प्रचार गर्न थालेपछि रोक लगाइएको उनले बताए ।

उक्त बीमा अहिलेको संवेदनशील अवस्थामा स्थानीय निकायका उपचार गर्न नसक्ने नागरिकका लागि जारी गरिएको समितिको तर्क छ ।

तर बीमा कम्पनीहरुले आफ्नो पोलिसी बिक्री गर्न प्रचार समाग्री बनाए पछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नै यस्तो पोलिसी बिक्री गर्न निर्देशन दिएको हो ।

यदि भोलिका दिनमा कोरोनाले महामारीको रुप लियो र बीमा कम्पनीहरूले नै धान्न नसक्ने अवस्था आयो भने के गर्ने भन्ने विषयमा समेत प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया