कोरोना संक्रमित अर्का एक जनाको अवस्था गम्भिर
नेपालखोज
२०७७ जेठ ५ गते १९:०१
गुल्मी । गुल्मीका कोरोना भाइरस (कोभिड १९) का संक्रमितको अवस्था गम्भिर रहेको छ । गुल्मीका संक्रमित एक पुरुषको अवस्था गम्भिर भएको हो । उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका भएको र उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया