बुधबार, वैशाख १२, २०८१

जेठ १५ गतेदेखि १८ गतेसम्म प्रभु वैकको सेवा प्रभावित हुने

नेपालखोज २०७७ जेठ ७ गते १८:५१

काठमाडौँ । जेठ १५ गतेदेखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर जेठ १५ गते साँझ ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी दिएको हो ।

कोर बैंकिंग सिस्टम माइग्रेसनका लागि बैंकले अहिले प्रयोग गर्दै आएको सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि सेवा बन्द गर्न लागेको  बैंकले जनाएको छ । बैंकले सेवा ग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ ।

प्रतिक्रिया