शनिबार, असोज १९, २०८१

कोभिड महामारी नागरिक संहिता २०७७’ जारी

नेपालखोज २०७७ जेठ ८ गते १४:००

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै नगरपालिकाले संहिता जारी गरेको हो । यस नागरिक संहिताले नागरिकलाई जिम्मेवार बनाउन सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ ।

कोभिड रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशन र अनुरोध पालना गर्ने, कोभिड व्यवस्थापनमा सघाउने, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र स्वंयसेवीप्रति उच्च सम्मान व्यक्त गर्ने लगायत ६ बुँदा संहितामा उल्लेख छ ।

प्रतिक्रिया