शुक्रबार, वैशाख १४, २०८१

अमेरिका ‘खुला आकास सन्धी’बाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणा

नेपालखोज २०७७ जेठ ९ गते १४:०९

काठमाडौँ । अमेरिकाले हतियार नियन्त्रण सम्बन्धी महत्वपूर्ण मानिएको ‘खुला आकास सन्धी’बाट बाहिरिने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ओपन स्काइज ट्रिटी’ अर्थात खुला आकाश सन्धिबाट बाहिरिने घोषणा गरेका हुन् ।

यो सन्धि सन् २००२ को जनवरीदेखि कार्यान्वयमा थियो । गोपनियता वृद्धि तथा कुनै पनि खालका आक्रमणविरुद्धको आश्वासन बढाउने उद्देश्यसहित यो सन्धि गरिएको थियो ।

यसलाई विश्वका रुस, क्यानडा, बेलायतसहित ३५ देशले अनुमोदन गरेका थिए । अमेरिका बाहिरिने भएपछि यो सन्धीको भविष्यमाथि नैं चिन्ता गरिएको छ ।

उच्च अधिकारीहरुका अनुसार अमेरिका यो सन्धिबाट ६ महिनाभित्र औपचारिक रुपमा बाहिरिने छ । रुसले सन्धिका शर्तहरुको लगातार उल्लंघन गरेको आरोप अमेरिकाको छ ।

रुसको विदेश मन्त्रालयले भने आफ्नो तर्फबाट सन्धि उल्लंघन नभएको र अमेरिका यसबाट बाहिरिनु अति खेदजनक रहेको बताएको छ ।

यो सन्धीले गैरसैनिक उडान तथा आकाशमा स्वतन्त्र अनुगमनको लागि मार्ग प्रशस्त गरेको थियो । – एजेन्सी

प्रतिक्रिया