२०७७ जेठ १९ , सोमवार English

फ्रेन्च फुटबल खेलाडी ओलिभर जिरु आउँदो सिजन पनि चेल्सीमै रहने

२०७७ जेठ ९ , शुक्रवार प्रकाशित



football




काठमाडौँ । फ्रेन्च फुटबल खेलाडी ओलिभर जिरु आउँदो सिजन पनि चेल्सीमै रहने भएका छन् ।

इंग्लिस प्रिमियर क्लब चेल्सीले जिरु सम्झौता १२ महिना थप गरेको हो । गत जनवरीमा जिरुले प्रिमियर लिगका पाँच खेलमा मात्रै सहभागिता जनाएका थिए ।

उनको चेल्सीसँगको सम्झौता ६ महिना बाँकी थियो । चेल्सीसँगको अनुबन्ध थपिएपछि आफू खुशी रहेको जिरुले बताएका छन् ।

जिरु सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका हुन् । —एजेन्सी




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer