बिहीबार, वैशाख १३, २०८१

आज एकैदिन ५० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५०७ पुग्यो

नेपालखोज २०७७ जेठ ९ गते १७:०६

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मोरोङको रतुवामाई– २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मोरोङका उनीसहित आज २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

ब्रिफिङका सुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए । तर सोही क्रममा थप १ जनामा संक्रमण देखिएपछि उनले मोरङमा थप १ जनामा संक्रमण देखिएको र कुल संक्रमितको संख्या ५०७ पुगेको जानकारी दिए ।

नेपालमा आज शुक्रबार बिहान ३० र दिउसो २० गरी ५० जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया