शुक्रबार, वैशाख ७, २०८१

थुनुवा युवकमा कोरोना संक्रमण पुष्टि, सुरक्षाकर्मी उच्च जोखिममा

नेपालखोज २०७७ जेठ ९ गते १८:२१

बैतडी । थुनुवामा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको हो । शिवनाथ गाउँपालिका(१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । थुन्ुवासँग प्रहरी प्रत्यक्ष सम्पर्कमा आइरहेका थिए । योसँगै सुरक्षाकर्मीमा जोखिम बढेपछि संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको छ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

तीन दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया