शुक्रबार, वैशाख ७, २०८१

आजको दिनमा कालभैरवको पुजा गर्नुस विशेष लाभ मिल्छ, तपाईको आजको राशिफल

नेपालखोज २०७७ जेठ १० गते ५:५५

आज शनिबार भगवान कालभैरवको पुजा गर्दा विशेष लाभ मिल्छ भन्ने धार्मिक विश्वास छ । आजको दिन भगवान कालभैरवको आराधना गर्नाले मनको शन्तिका साथै घरपरिवारमा पनि शान्ति छाउछ ।

साथै आजको दिन सबेरै उठेर पिपको बोटमा जल चढाउनाले पनि ग्रहमा भएको दोष हटेर जान्छ र तपाईका रोकिएका अधुरा कार्यहरु पनि सफल हुने छन् ।

यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनपर्ने खनेकुरा खान पाईनेछ । प्रविधि मार्फत आफन्तसंग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज घरमा शुभकार्य हुने चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ ।

प्रतिक्रिया