मंगलबार, वैशाख ४, २०८१

चर्चहरु पुनः खोल्न निर्देशन

नेपालखोज २०७७ जेठ १० गते १४:३४

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन्।

चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गरेका छन्। यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरे ।

राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन् । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन् ।

प्रतिक्रिया