ईदुल फित्रका अवसरमा भोली सार्वजनिक बिदा
काठमाडौं । मुस्लिम समुदायले मनाउने ईदुल फित्रका अवसरमा सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ। यसअघि यो पर्वका अवसरमा सरकारले आज (आइतबार) का लागि बिदा घोषणा गरेको थियो ।
तर, नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएको भन्दै मुस्लिम आयोगले बिदाको दिन परिवर्तन गर्न सरकारलाई अनुरोध गरेको थियो। सोही अनुरोधको आधारमा सार्वजनिक बिदा सच्याइए गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी बिदाको दिन सच्याइएको जनाएको हो। ९ जेठमा बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम सुमदायको ईदुल फित्र पर्वका अवसरमा आइतबार (११ जेठमा) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
तर, शनिबार आकाशमा चन्द्रमा नदेखिएको भन्दै बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध आएकाले जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया