शनिबार, असोज २६, २०८१

अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि सयभन्दा कमको मृत्यु

नेपालखोज २०७७ जेठ ११ गते १४:४३

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सयभन्दा कममा ओर्लिएको छ ।

अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको त्यहाँका गभर्नरले जनाएका हुन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कूमाले पछिल्लो २४ घण्टामा ८४ जनाको मात्र मृत्यु भएको जानकारी दिएका हुन् । —एजेन्सी

प्रतिक्रिया