आइतबार, असोज २०, २०८१

तालिवानी लडाकूद्वारा तीन दिने युद्धविरामको घोषणा, वार्ता गराउने अन्तर्राष्ट्रिय प्रयासहरु भने असफल

नेपालखोज २०७७ जेठ ११ गते १४:५२

काठमाडौँ । तालिवानले अफगान सरकारसँग युद्धविरामको घोषणा गरेको छ । मुस्ल्मिहरुको महत्वपूर्ण चाडपर्व ईद उल फित्रको अवसरमा तीन दिने युद्धविरामको घोषणा गरिएको हो ।

पछिल्ला केही हप्तादेखि कट्टरपन्थीहरुले सरकारी सेनाविरुद्धको कारवाही तीव्र पारेका छन् । राष्ट्रपति अशरफ घानीले तालिवानी लडाकूहरुको युद्धविरामको घोषणाको स्वागत गरेका छन् ।

उनले सरकारी सेनाले पनि उक्त युद्धविरामको पालना गर्ने बताएका छन् । तालिवानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले दुवै पक्षले युद्धविरामको पालना गर्नेमा आफू आशावादी रहेको बताए ।

तालिवानले सशस्त्र युद्ध सुरु गरेपछि अस्थायी युद्धविराम गरेको यो तेस्रो पटक हो । लामो समयदेखि युद्धरत पक्षबीच वार्ता गराउने अन्तर्राष्ट्रिय प्रयासहरु भइरहेपनि पूरा हुन सकेका छैनन् ।

अफगानिस्तान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले फेब्रुअरीमा तालिबान र अमेरिकबीच सेना फिर्ता गर्नेबारे सम्झौता भएसँगै दुवै पक्षबीच हिंसा कम हुने अपेक्षा गरिएको थियो । यही महिनाका सुरुमा राजधानी काबुलमा रहेको एक अस्पतालको प्रसुती वार्डमा भएको आक्रमणले तालिवानीहरुको व्यापक आलोचना भयो । उक्त घटनालगत्तै राष्ट्रपति घानीले लालिवानीविरुद्धको कारवाहीलाई तीव्र पार्न निर्देशन दिएका थिए । —एजेन्सी

प्रतिक्रिया