प्रतिनिधि सभाले पनि नेपालको नयाँ नक्शा अनुसारको लोगो प्रयोग गर्ने
काठमाडौं । संसदको तल्लो सदन प्रतिनिधि सभाले पनि संसदको लोगो (प्रतीक) नेपालको नयाँ नक्शा अनुसार बनाउने भएको छ ।
‘आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुुसार परिमार्जन गर्ने निर्णय गरेको छ,’ बैठकपछि सभामुखको सचिवालयले जनाकारी गराएको छ ।
सिंहदरबारमा बसेको उक्त बैठकको निर्णय अनुसार संसदको रोष्ट्रममा राखिएको प्रतीक सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन हुने समेत सो बैठकले निर्णय गरेको छ ।
बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन समेत संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ । आइतबार नै त्यसअघि संसदको माथिल्लो सदन राष्ट्रिय सभाले पनि सो प्रतीक परिमार्जन गरी प्रयोग गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया