शनिबार, असोज २६, २०८१

कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

नेपालखोज २०७७ जेठ १३ गते ७:५८

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ ।

कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभुत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया