बिहीबार, वैशाख १३, २०८१

आजको दिन भगवान कृष्ण अवतारको पुजा गर्नुस, यस्तो छ आजको तपाईको राशिफल

नेपालखोज २०७७ जेठ १४ गते ५:५५

हिन्दु धर्मग्रन्थका अनुसार हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने प्रचलन छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। आजका दिन विशेष गरी भगवान कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ।

कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।

तपाईको आजको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि बढ्ने योगपनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । बन्दव्यापार सामान्य बन्दै जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा अविवृद्धिपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला । ( ज

 

 

प्रतिक्रिया