शुक्रबार, वैशाख ७, २०८१

आर्थिक वृद्धिमा कृषिको हिस्सा ३३ प्रतिशत

नेपालखोज २०७७ जेठ १५ गते ७:००

काठमाडौं । कोरोना महामारीको बाबजुद कृषि क्षेत्रको उत्पादन २.६ प्रतिशतले वृद्धि हुने भएको छ । चालू आर्थिक वर्षमा कोरोना महामारीको बाबजुद आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान ३२.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५/७६ को आर्थिक सर्वेक्षणअनुसार गत वर्ष समेत वृद्धि भएर २१.२ प्रतिशत पुगेको थियो भने गत वर्ष भने अघिल्लो वर्षको तुलनामा उत्पादनमा ५.१ प्रतिशले वृद्धि भएको तथ्यांक छ । २०७२ सालको भुकम्प पश्चात दुई वर्ष लगातार वृद्धिर घटेको थियो भने पछिल्लो दुई वर्षमा भने वृद्धिदर बढेको छ ।

कृषिको वृद्धिदरमा सबैभन्दा ठूलो योगदान धानको रहँदै आएको छ । अन्य वृद्धिदर स्थिर वा सामान्य रहँदा धानको वृद्धिदरमा उतावचढाव आउँदा कृषि क्षेत्र र समगै आर्थिक क्षेत्रकै वृद्धिदर नै तलमाथि पर्ने गरेको छ । पछिल्लो दशकमा कृषिमा सबैभन्दा बढी उत्पादन दर आर्थिक वर्ष ०६७(६७ मा ४३.८ प्रतिशत थियो भने सबैभन्दा कम आव ०६९(७० मा ८.९ प्रतिशत देखिन्छ ।

गत वर्षभन्दा उत्पादनदर कम हुनुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अबलम्बन गरिएका उपायहले आर्थिक प्रणालीमा पारेको असहज परिस्थिति र धानको उत्पादनको कमी रहेको सरकारको निष्कर्ष छ । यो वर्ष धानबालीको उत्पादन २.२ प्रतिशतले कमी आएको छ । आकासे पानीको भरमा धानखेती गरिने भएकाले मौसमको प्रतिकुलता र जग्गा बाँझो राखिएका कारण धान खेतिमा कमी आएको हो ।

कृषि बालीमा खाद्यान्न बाली र खाद्यान्नमा पनि धानको हिस्सा उच्च छ । उत्पादनमा खाद्यान्नबालीको हिस्सा ४५.२ प्रतिशत रहेको छ भने तरकारीको हिस्सा १६.८ प्रतिशत रहेको छ । औद्योगिक बालीको हिस्सा १४.५ प्रतिशत, नगदेबालीको हिस्सा १३.३ प्रतिशत र अन्यको हिस्सा १०.२ प्रतिशत रहने अनुमान छ ।

यो वर्ष खाद्यान्न बाली, नगदेबाली, दलहन बाली, फलफूल र मसला बालीको उत्पादन बढेको छ भने तरकारी, औद्योगिक बाली र तेलहन बालीको उत्पादन घटेको तथ्यांक छ ।

यो वर्ष खाद्यान्न बालीमा २.९ प्रतिशतले वृद्धि भइ एक करोड १० लाख टन उत्पादन भएको छ । नगदेबालीको उत्पादनमा ३.६ प्रतिशतले बढेर ३२ लाख ३० हजार टन, दलहनबाली ५.८ प्रतिशतले वढेर ४ लाख ४ हजार टन, फलफूल ६.१ प्रतिशतले बढेर १२ लाख ५० हजार टन पुगेको छ ।

उत्पादन घट्ने बालीहरूमा आद्योगिक वालीमा ४.५ प्रतिशतले उत्पादनमा कमी आइ ३५ लाख १९ हजार टन, तरकारीमा ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन र तेलहन बालीमा १.४ प्रतिशतले घटेर २ लाख ७८ हजार टन उत्पादन भएको छ ।

प्रतिक्रिया