शुक्रबार, चैत १६, २०८०

सुर्खेतमा ८ वर्षीया बालिका बलात्कृत

नेपालखोज २०७७ जेठ १५ गते ११:४२

सुर्खेत । सुर्खेतमा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । सुर्खेतको लेकबेशी नगरपालिकाकी ८ वर्षीया बालिकामाथि बलात्कार भएको दाबीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत भरत शाहले जेठ १२ गते बिहान १० बजे लेकबेशी नगरपालिका–७ स्थित भेरी नदी नजिकैको ओढारमा बालिकालाई लगेर बलात्कार गरिएको उजुरीमा उल्लेख छ ।

सुर्खेत कुइरेगाउँ निवासी ४४ वर्षीय पुरुषमाथि बलात्कारको आरोप लगाइएको छ । उजुरी दर्ता भइसकेको र आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया