शुक्रबार, वैशाख १४, २०८१

रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजको विरोध प्रदर्शन जारी

नेपालखोज २०७७ जेठ १५ गते १२:००

रुकुम । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको जातीय विभेद र हिं’साको घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै विरोध प्रदर्शनका कार्यक्रम जारी राखेको छ ।

‘रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पीडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा जेठ १५ गते विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न भएको समाजले जनाएको छ ।

अर्को प्रदर्शन आज दिउँसो शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते अर्थात भोली विहान ८ बजे बौद्धमा हुँदैछ ।

यसैगरी शान्ति समाजका सदस्यहरु, दलित अगुवा र सामाजिक अभियन्ताहरुको सहभागितामा जेठ १४ गते अपरान्ह वुटवलमा विरोध प्रदर्शन भएको थियो ।

प्रतिक्रिया