बुधबार, असार १८, २०८२

कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आव्हान

नेपालखोज २०७७ जेठ १५ गते १२:०८

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। संसदमा दर्ता भएको संविधान संसोधनमा पार्टीको औपचारिक धारणा तय गर्न केन्द्रीय समितिको बैठक शनिबार बोलाइएको छ।

सरकारले नेपालको पूर्ण नक्सा सार्वजनिक गरेपछि निशान छाप संसोधनका लागि संविधान संशोधन अनिवार्य छ। कांग्रेस पदाधिकारी बैठकले तीन दिनअघि केन्द्रीय समितिको बैठकबाट औपचारिक निर्णय गर्ने जनाएको थियो। बुधबार संसदको कार्यसूचिमा परेको संविधान संसोधनको प्रस्ताव फिर्ता गरिएको थियो।

नेकपा नेता कार्यकर्ताले संसोधन प्रस्ताव फिर्ता हुनुमा कांग्रेसलाई दोष लगाएका थिए। नेपाली कांग्रेसले भने औपचारिकताका लागि केन्द्रीय समिति डाकेर निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया